Connect with us
Kapilvast Forest

कोभ्याक्स मार्फत नेपाललाई अर्को सातासम्म खोप उपलब्ध हुन सक्ने

२०७८, २९ जेष्ठ शनिबारमा प्रकाशित

 

काठमाडौं- विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालले पाउने कोरोना विरुद्धको खोप अर्को सातासम्म उपलब्ध गराउन सक्ने भएको छ ।
कोभ्याक्सले नेपालको खोप वार्ता समितिलाई अक्सफोर्ड तथा एस्ट्राजेनेकाद्धारा विकसित खोपका केही डोज उपलब्ध गराउने जानकारी दिएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखामा प्रमुख डा. तारानाथ पौडेलका अनुसार यही जुनभित्र कोभ्याक्सको खोप नेपाललाई प्राप्त हुने सम्भावना छ । उहाँले भन्नुभयो “कोभ्याक्सले हामीलाई जुन महिनाको मध्यसम्ममा दिन सकिन्छ भनेको थियो तर संसारभरि नै खोपको अभाव रहेकाले अर्को सातासम्म कोभ्याक्सको खोप नेपाललाई उपलब्ध गराउन सक्नेछ , तर कति मात्रा खोप दिने भन्ने चाहिँ कम्पनीले खुलाएको छैन ।”
कोभ्याक्स खोप नेपाल आउने बित्तिकै कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई उच्च प्राथमिकतामा राखेर खोप दिने उहाँले बतानुभयो । “मलाई लाग्छ उनीहरुले हामीलाई एस्ट्राजेनेका र अक्स्फोर्ड विश्वविद्यालयले उत्पादन गरेको खोप नै उपलब्ध गराउनेछन् उहाले भन्नुभयो ।”
कोभिसिल्ड खोपसँग अस्ट्र्जेनेका तथा अस्फोर्डले उत्पादन गरेको कोभ्याक्स खोपको फर्मुला मिल्ने भएकाले पहिलो मात्रा कोभिसिल्ड लगाएकालाई सो खोप दिन सकिने उहाँले बताउनुभयो ।
सेरम इन्स्टिच्युट अफ इन्डियाले नेपाललाई उपलब्ध गराउने १० लाख डोज उपलब्ध नगराएपछि खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिन सकिएको छैन ।यस्तै अमेरीकाले पनि नेपाललाई खोप उपलब्ध गराउने आश्वासन गराए पनि आधिकारिक निर्णय आउन बाँकी रहेकाले खोपको आयातमा ढिलाइ भैरहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu