पानीको वहाव बढेपछि हेक्पा खोलाको काठेपुल जोखिममा
सिमकोट-कर्णाली नदीको सहायक हेक्पा खोलामा पानीको वहाव बढेसँगै काठे पुल जोखिममा परेको छ । वर्षा सुरु भएपछि पुलेको छेउको माछो बग्न थालेपछि पुल जोखिममा परेको हो ।
हेक्पा खोलामा पक्की पुल निर्माणमा रहेको र यातायात सुचारु गर्न अस्थायी रुपमा निर्माण गरिएको काठे पुल जोखिममा परेको फिल्ड अनुगमन गर्न गएका निमित्त जिल्ला समन्वय अधिकारी भिमबहादुर रोकायाले बताउनुभयो ।
पानीको बहाब बढी रहेका बेला गए रातीदेखि सुरु भएको वर्षाले झन पानीको वहाव खोलामा बढेको कारण पुल छेउछाउका भाग कटान सुरु गर्दा यातायात सुचारु गर्ने पुल जोखिममा रहेको उहाँले बताउनुभयो । केही वर्ष बढे पुललाई समेत क्षती पुग्ने अवस्था रहेको उहाँले जनाकारी दिनुभयो ।
कर्णाली करिडोरको हिल्सा सिमकोट अन्र्तगत सिमकोट हेक्पा खण्डमा पर्ने सो पुल गत असोजमा पुर्वाधार विकास कार्यालयले निर्माण गरेको थियो । निर्माण गरेको एक वर्ष पनि नपुग्दै पुलमा क्षती पुग्न सुरु भएको छ । सो पुफ निर्माण गरिएको स्थान सुरक्षित स्थानमा नभएको कुरा स्थानीयबाट उतिबेलै आवाज उठेको थियो । पुललाई पानीले क्षती पुगे यातायात समेत अबरुद्ध हुनेछ ।