Connect with us
Kapilvast Forest

कपिलवस्तुका युवाहरु विपन्नका घर घरमा पुगेर अत्यावश्यक सामग्री वितरण गर्दै

२०७८, ३० जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तु-पशुपति गिरी-
सामाजिक कार्यमा सधै अग्रपंतिमा रहेर पिडीतको घाउमा मलम लगाउँदै आएको युवा कपिलवस्तुले निरन्तर रुपमा कपिलवस्तुमा समाज सेवामा समर्पित युथ उनिटी वेलफेयर एसोसियशन (YUWA) र लियो क्लब अफ कपिलवस्तुले विपन्न वर्गका व्यक्तीहरुको पहिचान गरि अतिआवश्यक सामाग्री वितरण अभियान(फुड बैंक) कपिलवस्तुमा विगत २ हप्तादेखि संचालन गरिरहेका छन।

त्यही अभियान अन्तर्गत आजको दिन लक्ष्मणघाटको गन्धर्व टोल र सिसेनीका अति विपन्न परिवारलाई अत्यावश्यक सामाग्री वितरण गरिएको थियो। गरीव विपन्नलाई आवास,अग्नी पिडीतलाई वसोवासको प्रबन्ध मिलाउनु स्थानीय सरकारको काम हो ।

तर कपिलवस्तुको वाणगंगामा यो काम केहि यूवाहरूले गर्दै आएका छन् युवा समाजसेवी सौरभ भण्डारीले चामल र मछ्छेड झुल समेत सोही परिवारलाई सहयोग गरेका थिए।युवा कपिलवस्तुका सागर बन्जाडेले आफुहरु निरन्तर निस्वार्थ समाजसेवामा लागेकाले सोही अभियानलाई सफल बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग पुर्याउनु पर्ने कुरा बताए।

उनले मानससेवा भन्दा माथी अरु कुनै पनि सेवा नभएको तथा यहाँका राजनीतिकज्ञ वुद्धिजिवी व्यक्तितब न्यायप्रेमी तथा स्थानीय समाजसेवी सबै गरिब दुखिको सहारा बन्नुपर्ने साथै यस्तो विपदको बेला सबैले मिलेर हातेमालो गर्न आवश्यक रहेको बताए।विगतका दिनहरुमा पनि युवा कपिलवस्तुले कपडा बैंक लगाएतका अभियान संचालन गरि दुखी विपन्नको सहारा बनेको थियो।आजको अत्यावश्यक सामाग्री वितरण अभियानमा सागर बन्जाडे मधुसूदन भुषाल सौरभ भण्डारी अरुणा पौडेल पशुपती गिरि सरोज घिमिरेको उपस्थिती रहेको थियो।

कोरोनाको महामारी त्यसमाथि प्रचण्ड गर्मीसँगै अकस्मात आउने हावाहुरी बाट थिचोमिचोमा परेको परिवारलाई अति आवश्यक खाधान्न घरमै गएर गरेको युवा अभियान्ता पशुपति गिरीले बताउनु भयाे युवाहरुले कोहि दुखी विपन्न गाह्रो अवस्थामा रहेको भेट्टाए आफुहरुलाई समपर्क गर्न समेत अपिल गरेका छन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu