Connect with us
Kapilvast Forest

कपिलवस्तुमा असार ७ गतेसम्म थपियो निषेधाज्ञा

२०७८, ३० जेष्ठ आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुमा एक हप्तामा निषेधाज्ञा थप भएको छ । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।​ असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप भएको र बिस्तारै थप खुकुलो पार्दै जाने बताइएको छ ।

तर, यसपटक भने केहि क्षेत्रलाई खुकुलो पारिएको छ। निजि सवारी साधन, मोटरसाइकल कार चलाउन पाइने छ । त्यस्तै अटो रिक्सा पनि चलाउन पाइने भएको बताइएको छ ।

बैंक तथा बित्तिय सस्था पूरा समय खुल्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । सबै कार्यलय खुल्ने भएता पनि आन्तरिक काम मात्र हुने छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यसअघि लगाएको निषेधाज्ञालाई जेठ ३१ गते राति १२ बजे सकिदै थियो ।कपिलवस्तुमा पछिल्ला दिनहरुमा कोरोना संक्रमणदर तथा मृत्युदरमा कमी हुदैं आएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu