Connect with us
Kapilvast Forest

संचारकर्मी विश्वकर्माले ल्याए, जातको कथा बोल्ने लघुचलचित्र

२०७८, ३० जेष्ठ आईतवारमा प्रकाशित

धनीराम कोरी ,कपिलवस्तु- सुबिन विश्वकर्मा एक कुशल र निडर संचारकर्मी हुन् । बिगत चार वर्षदेखी निरन्तर संचारकर्ममा रहेका उनी पूर्वी नेपालमा बस्छन् । जातीय विभेद तथा छुवाछूतको प्रखर बिरोधाभाष गर्दै अघि बढेका उनलाई धेरैले ‘जातिवादी’ भन्ने गरेको उनी सुनाउँछन् । कुनैबेला आफू पनि जातीय विभेदको सिकार बनेका उनले छुवाछूत हटाउन तथा समानताको लागि समाजमा केही इटा थपेका छन् भन्दा फरक नपर्ला । विभेदका विरुद्धमा उनी केही न केही गरिरहेकै हुन्छन्, त्यो उनको सामाजिक संजालमार्फत झल्किन्छ ।

यसपटक पनि उनले एक छोटो चलचित्र लिएर आएका छन् । जातीय विभेद तथा अन्तरजातीय प्रेममा आधारित चलचित्र नाम ‘तिरस्कार’ हो । चलचित्रको कथा र निर्देशन उनै सुबिन विश्वकर्माले गरेका हुन् । यस चलचित्रमा अन्तरजातीय प्रेममा आइपर्ने चुनौती तथा उपायको बारेमा देखाउन खोजिएको विश्वकर्मा बताउँछन् ।

यस् कथा मार्फत धेरै त भन्दिन, केही मात्रामा भएनी अन्तरजातीय प्रेमलाई प्रोत्साहन मिलोस, यत्ती चाहाना छ मेरो । उनले भनेँ । चलचित्र सुबिन विश्वकर्मा लुते युट्युब च्यानलबाट सार्वजनिक भएको छ भने चलचित्रलाई सुरज राईले निर्माण गरेका हुन् । सुरज राई एक व्यबसायी हुन् । उनको बराहक्षेत्र ७ स्थित बांगेबजारमा एमिया ग्रिल, स्टिल एन्ड आल्मुनियम हाउस रहेको छ ।

उनी कला तथा संगीत क्षेत्रमा पनि रुचि राख्ने त्यहाका स्थानीय युवा हुन् । सदाबहार मिडिया प्रालिको ब्यानरमा तयार भएको चलचित्रमा गणेश राउत, मेनुका प्रधान, पल्लवी परियार, मिलन विश्वकर्मा, अवियोग राई, छबिना मगर, विक्रम कर्ण, सुरक्षा कार्की, ललिता प्रधान, सुरेश कार्कीढोली लगायतका कलाकारको मूख्य भूमिका देख्न सकिन्छ ।

यसलाई राकेश राइले खिचेका हुन् भने न्यु संगिता मेडिकल हल तथा सुनौलो फार्मेसी, दलित सेवा संघ उपशाखा बराहक्षेत्र, विनायक कृषि सहकारी संस्था लि., दर्पण अर्गानिक कृषि रिसर्च सेन्टर र कालिन्द्रा सामुदायिक वनको विशेष सहयोग रहेको सुबिन विश्वकर्माले जानकारी दिए । भिडियोको लिंक-

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu