Connect with us
Kapilvast Forest

नेपाली फुटबल टिम कुवेतबाट फिर्ता

२०७८, ३१ जेष्ठ सोमबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

काठमाडौै-नेपाली फुटबल टिम कुवेतमा विश्वकप र एशियाली कप फुटबल प्रतियोगिताको छनौट खेल खेलेर गएराती स्वदेश फर्केको छ। त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडी ‍र अफिसियलहरुको स्वागत गरेका थिए।

यसपालीको भ्रमणको दौरान नेपालले पहिले ईराकमा ईराकसंग मैत्रीपू्र्ण खेल खेलेको थियो जसमा नेपाल हारेको थियो। यसैगरी कुवेतमा भएका ३ वटा छनौट चरणका खेल मध्ये एउटामा बिजयी भएको तथा २ वटा खेलमा पराजय ब्यहोरेको थियो। नेपालले चाईनिज ताईपेईलाई हराएको थियो भने जोर्डन र अष्ट्रेजियासंग हारेको थियो।

नेपाल हारेपनि यसपालीको नेपालको प्रदर्शनलाई दर्शकहरुले रुचाएका थिए। विशेषगरी अष्ट्रेलिया जस्तो शशक्त टिमलाई दिएको चुनौती र गोल रोक्न गरेको प्रयासलाई प्रशंशा गरिएको थियो। मध्यान्तरदेखिनै १० जना खेलाडीमा सिमित भएको नेपाली टिमले अष्ट्रेलियालाई गोल बढाउन नदिएर रोक्न सफल भएको थियो। सो खेलमा नेपालले ुुशुन्यका विरुध्द ३ गोल खाएको थियो।यसअघि सोही टिमसंग नेपाल शुन्यका विरुध्द ५ गोलले हारेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu