युरोकपः क्रोएसियाविरुद्ध इंग्ल्याण्डको जीत
एजेन्सी-युरोकप फुटबलमा इंग्ल्याण्डले क्रोएसियालाई हराउँदै विजयी सुरुवात गरेको छ । लण्डनस्थित वेम्ली रंगशालामा आइतबार साँझ भएको समूह ‘डी’ अन्तर्गतको खेलमा क्रोएसियालाई १–० गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले विजयी सुरुवात गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इंग्ल्याण्डका लागि ५७ औँ मिनेटमा रहिम स्टर्लिङले गरेको गोल नै निर्णायक बन्यो । स्टर्लिङले केभिन फिलिप्सको पासमा बललाई पोष्टको दिशा दिएका थिए । जितसँगै इंग्ल्याण्डले महत्वपूर्ण तीन अंक जोडेको छ ।