Connect with us
Kapilvast Forest

झण्डै पाँच लाख बराबरकाे काठसहित चार जना पक्राउ

२०७८, ३१ जेष्ठ सोमबारमा प्रकाशित

कञ्चनपुरमा जीपसहित दुई जना काठ तस्कर पक्राउ
प्रतिनिधिमुलक तस्विर

बुटवल- रुपन्देहीको देवदहमा अवैध सालको काठसहित ४ जना पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय बुटवलको गस्ती टोलीले सोमबार बिहान करिव ३ बजे देवदह नगरपालिका वडा नम्बर १० चरङ्गेबाट लु २ ख ४५०१ नम्बरको गाडीसहित चार जनालाई पक्राउ गरेको हो ।

उनका अनुसार टिप्परमा ४० पिस सालका गोलिया अर्थात १ सय ४२ क्युफिट काठ रहेको थियो जस्काे मुल्य झण्डै पाँच लाख बराबरको रहेको छ ।

पक्राउ पर्नेमा मूख्य नाइके देवदह–१० चरङ्गेका ३२ वर्षिय प्रेमबहादुर थापा, बुटवल उपमहानगरापलिका–३ का १९ वर्षिय रोहित घले, पाल्पाको रैनादेवी गाउँपालिका वडा नम्बर ६ का गँगाबहादुर बुढा र झविन्द्र बलाल रहेको प्रहरीले जनाएको छ ।

राती अवैध काठ तस्करी गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले छामा मार्दा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय रुपन्देहीमा पठाइएको छ । घटना मिलाउनका लागि स्थानीय नेता तथा जनप्रतिनिधिहरुको दवाव जारी रहेको स्रोतले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu