Connect with us
Kapilvast Forest

१० महिनामा ८ खर्बभन्दा धेरै रेमिट्यान्स भित्रियो

२०७८, ३१ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं – चालु आर्थिक वर्षको १० महिनामा आठ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि वैशाखसम्म आठ खर्ब नौ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको र यो रकम गएको वर्षको पहिलो १० महिनाको तुलनामा १९ दशमलव दुई प्रतिशतले धेरै हो ।

अमेरिकी डलरमा पनि रेमिट्यानस १६ दशमलव एक प्रतिशतले बढेर ६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

रेमिट्यान्स बढे पनि नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या भने घटेको छ । १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति नयाँ लिने नेपालीको सङ्ख्या ६० दशमलव ३ प्रतिशतले घटेको छ ।

यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि ४९ प्रतिशतले घटेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu