सेयर बजारमा नयाँ रेकर्ड, तीन हजारमाथिको बिन्दुमा पुग्यो नेप्से परिसूचक
काठमाडौं – सेयर बजारमा नयाँ रेकर्ड कामय भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजारममाथिको बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।
यसअघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कामय भएके रेकर्ड सोमबार नै तोडिएको छ ।
आइतबार कारोबार रकम पनि १९ अर्ब ५५ करोड रुपैयाँ नाघेर नयाँ रेकर्ड कायम भएको हो । पछिल्लो समय अनलाइन कारोबारमा भएको सहजता र लगानीकर्ताहरुको आकर्षणले बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।