Connect with us
Kapilvast Forest

युरोकप : स्पेन र स्विडेन बराबरीमा रोकिए

२०७८, १ असार मंगलवारमा प्रकाशित

काठमाडौं-युरोकप फुटबलमा स्पेनले स्विडेनसँग बराबरी खेलेको छ। ।सेभियामा सोमबार राति स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको हो। घरेलु मैदानमा बल पोसेसनमा पकड जमाए पनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाएको हो। स्विडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन।

यस बराबरीसँगै समूह ‘इ’ को स्पेनले १ अंक जोडेको छ। स्पेन समूहको दोस्रो स्थानमा रहेको छ। स्विडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

यस समूहमा स्लोभाकिया ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। स्लोभाकियाले सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। अंकविहीन पोल्याण्ड समूहको पुछारमा रहेको छ।प्रतियोगिता अन्तरगत आज ह्रगेरी र पोर्चुगल तथा फ्रान्स र जर्मनीबीच खेल हुने छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj