Connect with us
Kapilvast Forest

युरो कपः डेनमार्कलाई हराउँदै बेल्जियम अन्तिम १६ मा

२०७८, ४ असार शुक्रबारमा प्रकाशित

एजेन्सी – युरो २०२० अन्तर्गत बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गर्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको हो । खेलको दोस्रो मिनेटमा नै डेनमार्कले युसुफ पोल्सेनको गोलबाट अग्रता बनाएको थियो । ५४ औं मिनेटमा थ्रोगन हाजार्डले गोल गर्दै बेल्जियमलाई बराबरीमा ल्याए ।

यस्तै ७० औं मिनेटमा बेकल्पिक खेलाडीको रुपमा मैदान छिरेका केभिन डी ब्रुएनाले गोल गर्दै बेल्जियमको जित सुनिश्चित गरे । समूह बीमा रहेको बेल्जियमको २ खेलबाट ६ अंक छ भने डेनमार्कले २ खेलमा दुबै खेल पराजित बेहोर्दै अंक जोड्न सकेको छैन ।

यसअघि गत शनिबार फिनल्यान्डसँगको खेलमा खेल्दा खेल्दै मैदानमा ढल्न पुगेका डेनमार्कका खेलाडी क्रिस्टियन एरिकसनको स्वास्थ्य लाभको कामना गर्दै १० औं मिनेटमा केहीबेर खेल रोकिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu