Connect with us
Kapilvast Forest

कपिलवस्तुमा मृत मृग (चित्तल) फेला

२०७८, ४ असार शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी कपिलवस्तु- कपिलवस्तुमा मृत मृग(चित्तल) फेला परेको छ । जिल्लाको शिवराज नगरपालिका ३ खरेन्द्रपुर बेलनदी मोड नजिकै मृत पोथी मृग (चित्तल ) फेला परेको हो । अन्दाजी ३० किलोको मृत मृग पुर्व पश्चिम लोकमार्ग नजिकै भेटिएको कपिलवस्तु साझेदारी बन ब्यवस्थापन समितिका सहायक बन अधिकृत एजाज अन्सारीले जानकारी दिनु भयो ।
जगंल तर्फबाट आएको मृगलाई कुनै सावारी साधनले ठक्कर दिएर मृग मरेको सहायक बन अधिकृत अन्सारीले बताउनु भयो । मृगको मुखमा चोट लागेकोले सावारी साधन ले नै ठक्कर दिएको अनुमान गरिएको छ ।
मृत मृगलाई स्थानीयवासीले देखी डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । सडक छेउमा मृत फेला परेको मृगलाई डिभिजन बन कार्यालय गौतम बुद्ध कार्यालय नजिकै खडल खनी गाडिएको छ ।
वडा प्रहरी कार्यालय, पत्रकार र स्थानीयवासीको रोहवरमा गाडिएको छ । पछिल्लो समय जङ्गलबाट मृग बस्तीतिर झर्ने क्रम बढेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu