कपिलवस्तुका खाद्य पसलको अनुगमन
कपिलवस्तु,
कपिलवस्तुको ठुलो व्यपारिक नगरी शिवराज नगरपालिका ५ चन्द्रौटा बजार क्षेत्रमा रहेका खाद्य पसलहरु अनुगमन गरिएको छ । शुक्रवार घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको आयोजनामा भएको अनुगमनले कालोबजारी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास रहेको छ । निशेषाज्ञाको समयमा कतिपय पसलहरुले कालोबजारी गरेको भन्ने गुनासाहरु आउने गरेकोले उक्त कार्यलाई रोक्न अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख कालिदास बस्यालले बताउनुभयो । यस अघि गरिएको अनुगमनका क्रममा दिइएको निर्देशनलाई कार्यन्वयन गरे गरेनन भन्ने विषयमा पनि सोधपुछ गरिएको बस्यालले बताउनुभयो ।
नागरिकहरुको स्वास्थ्यलाई ख्याल गर्दै व्यवासायिहरुले गुणस्तरी खाद्य बस्तुहरु बिक्रि गर्नको लागि सुझाव दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक शिवशंकर मिश्रले बताउनुभयो ।
अनुगमन गरिएका पसलहरुमा मुल्य सुचि नभएको, सरसफाईमा कमि लगायतका कमिकमजोरी भेटिएका छन । अनुगमनमा शिवराज नगरपालिका महिला शाखा अधिकृत लक्ष्मी कडेल, वडा प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकारहरुको सहभागितामा अनुगमन सम्पन्न भएको छ ।