Connect with us
Kapilvast Forest

पहिरो हटाउन चिनियाँ टोली परिचालन, तामाकोशीकाे बहाव बढ्न सक्ने

२०७८, ५ असार शनिबारमा प्रकाशित

 

काठमाडौं- तिब्बत क्षेत्रमा पर्ने रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता बद्रीप्रसाद तिवारीले जानकारी दिनुभएको छ ।

उक्त नदी तामाकोशी नदीमा आएर मिसिने गर्छ । शुक्रबार रातिदेखि नेपाल–चीन सीमा क्षेत्रमा रहेको रोङजिया शहर र सोको आसपासमा वर्षा भएपछि रोङ्सी खोला पहिरोले थुनिएको थियो ।

सो खोलामा आएको पहिरो हटाउन शनिबार बिहानैदेखि चिनियाँ टोली परिचालन भएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार चिनियाँ टोलीले अहिले पहिरो हटाइरहेको जानकारी आएको छ ।

‘हामी अहिले यसबारे छलफल गर्दैछौं । पहिरो खुलाउने क्रम जारी छ । पहिरो हटेपछि पानीको बहाव बढ्ने भएपछि केही ठाउँमा क्षति हुनसक्ने अनुमान गरिएको छ । त्यसैले स्थानीयलाई सचेत हुन अपिल गरेका छौं,’ उहाँले भन्नुभयो ।रोङ्सी खोलाको पानी तामाकोशीमा आएर मिसिन्छ । दोलखाको लाप्पी क्षेत्रमा रोङ्सी र तामाकोशी दोभान छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu