Connect with us
Kapilvast Forest

घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

२०७८, ५ असार शनिबारमा प्रकाशित

 

बैतडी – घाँस काट्ने क्रममा भीरबाट लडेर शनिबार बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका ५ गिरेगडाकी २४ वर्षीया सुनिता पेला छिन्।

घरनजिकै रहको भीरमा घाँस काटिरहेकी पेला एक्कासि चिप्लेर लडेकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनु भयो ।

शनिबार बिहान ११ बजेतिर लडेर गम्भीर घाइते पेलालाई उपचारको लागि गिरेगडा स्वास्थ्यचौकीमा लैजाँदै गर्दा मृत्यु भएका हो।बैतडीमा विगत केही दिनदेखि लगातार रुपमा वर्षा भइरहेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu