Connect with us
Kapilvast Forest

दोस्रो पटक पदमुक्त भएका जनमोर्चा सांसद थापा फेरि सर्वोच्चमा

२०७८, ७ असार सोमबारमा प्रकाशित

काठमाडाैं -गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका पदमुक्त भएका सांसद कृष्ण थापा फेरि सर्वोच्च पुगेका छन् । तत्काली विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग नगरेको भन्दै पार्टीको सिफारिसमा सभामुख नेत्रनाथ अधिकारीले जेठ २८ गते दोस्रोपटक पदमुक्त गरेका थिए। पहिलोपटकको पदमुक्त निर्णय कार्यान्वयनमा सर्वोच्चले अन्तरिम आदेशमार्फत रोक लगाएर पुनर्वहाली गरेको थियो। दोस्रो पटक पनि पदमुक्त भएपनि उनी सर्वोच्च अदालत पुगेका हुन् ।

रिट न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेशीमा चढेको छ। सभामुखले जबरजस्ती पदमुक्त घोषणा गरेकाले आफू फेरि अदालत पुगेको थापाले बताएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj