Connect with us
Kapilvast Forest

दुई वर्षभित्र काेराेनाविरुद्धकाे लडाइँ जित्छाैँ : प्रधानमन्त्री ओली

२०७८, ७ असार सोमबारमा प्रकाशित

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेनाविरुद्धकाे लडाइँलाई पराजित गर्ने बताउनुभएकाे छ । सोमवार अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्नु हुँदै उहाँले बढीमा दुई वर्षभित्र काेराेनाविरुद्धकाे लडाइँ जित्ने बताउनुभएकाे हाे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ सङ्क्रमणको कारण योगको महत्त्व झनै बढेको बताउनुभएको छ । उहाँले व्यक्तिलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउनका लागि र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि योगको आवश्यकता भएको औल्याउँदै जीवनलाई आशावादी बनाउन पनि योगको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यति बेला योगको असाधारण महत्त्व छ । कोभिड–१९ बाट यति बेला व्यक्तिलाई स्वस्थ बनाउन, शारीरिक, मानसिक हिसाबले स्वस्थ राख्न, कुनै प्रकारले डिप्रेशनमा जान नदिन, मनोवैज्ञानिक उपचारदेखि लिएर शारीरिक उपचार, प्रतिरोधी क्षमताको विकास गर्न योग आवश्यक छ । आशावादी बनाउन, जीवनलाई वस्तुपरक ढङ्गले जीवनका रूपमा हेर्न र बुझ्न योग जरुरी छ ।’

प्रधानमन्त्री ओलीले नेपालको संस्कृति र सभ्यता पतनको बाटोमा रहेको भन्दै आउने पिढीलाई सभ्यता सिकाउनुपर्नेमा जोड दिनुभयो । असभ्यता बढको भन्दै त्यसलाई रोक्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सांस्कृतिक पतन महामारीका रूपमा फैलिएको छ, यसमा हामीले हाम्रो सिङ्गै समाजलाई सम्झाउन सकेनौँ, हाम्रो नयाँ पिढीलाई सम्झाउन सकेनौँ, अरूको नक्कल गर्ने नाममा आफ्नो सभ्यता, मर्यादा सबै कुरा भुल्छौँ । अनुशासनहीन, अराजक बन्छौँ । कानुन तोड्नुलाई गर्वको विषय बनाउँछौँ । याे अनुचित कुरा हो । त्यसबाट देशलाई मुक्त गर्नुपर्छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu