Connect with us
Kapilvast Forest

राउटेका लागि एकीकृत नीति ल्याइँदै

२०७८, ७ असार सोमबारमा प्रकाशित

सुर्खेत -लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति ल्याउने तयारी भएको छ । जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि कर्णाली प्रदेश सरकारले नीति बनाउन लागेको हो ।

राउटे समुदायमा भइरहेका पछिल्ला गतिविधिलाई मध्यनजर गर्दै सामाजिक विकास मन्त्रालयले नीति आवश्यक रहेको भन्दै नीति नै ल्याउने तयारी थालेको छ । सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ,‘ एकै ठाउँमा नबस्ने, घुमन्ते समुदाय भएकाले राउटेको संरक्षणका लागि छुट्टै नीति आवश्यक देखियो । साउन महिनादेखि नीति अनुसार काम हुन्छ ।’

उहाँले राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको बताउँदै बस्ती प्रवेशमा निषेध, राहतको एकद्वार प्रर्णाली, सुरक्षाको प्रवन्ध, छाना नाना र छानाको व्यवस्थापन लगायतका विषयहरु नीतिभित्र समेटिने बताउनुभयो ।

राउटेका आफ्नै मूल्य, मान्यता र संस्कृतिको संरक्षण गर्दै उनीहरुको सामाजिकीकरणमा मन्त्रालयले काम गर्नेछ उहाँको भनाइ छ । पछिल्लो समय राउटे समुदायका दुई युवतीमाथि बाह्य समुदायका व्यक्तिहरुले गरेको यौन दुर्व्यवहार घटनाले बस्तीको सुरक्षा र बाह्य व्यक्तिहरुको प्रवेश निषेध आवश्यक रहेको महशुस भएको उहाँले बताउनुभयो ।

मन्त्री बुढाक्षेत्रीले राउटे समुदायको संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्नु भयो । उहाँले बालबालिकामा रहेको कुपोषण न्यूनीकरण गर्न र उनीहरुको खानपानमा ध्यान दिन सरोकारवाला निकायहरूलाई निर्देशन दिनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले लोपोन्मुख समुदाय कर्णालीको पहिचान भएकाले उनीहरुको संरक्षण आवश्यक रहेको बताउनुभयो । नेपालको एकमात्रै फिरन्ते समुदायको संरक्षण राज्यको दायित्व हो,’ उनले भने, ‘परम्परागत संस्कृति, संस्कार र मान्यतालाई आत्मसाथ गर्दै राउटे सम्वन्धी नीति तयार गरिरहेका छौं ।’ उनले राउटे नीतिमा समेट्नुपर्ने विषयमा बारेमा उनीहरुसँग छलफल पनि गरिने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी छवी रिजालले राउटे समुदायका युवतीमाथि भएको घटनापछि बस्ती शील गरिएपछि धेरै विकृतिहरुको अन्त्य भएको बतानुु भयो ।

‘प्रशासनले अहिले बस्ती प्रवेशमा रोक लगाएको छ, राहत वितरणलाई एकद्वार प्रणाली लागू गरिएको छ,’ उहाँले भन्नुभयो , ‘यतिले पनि बस्तीमा सकारात्मक प्रभाव परेको छ ।’ उहाँले युट्युव, फेसबुक, टिकटकलगायत बनाउन जानेहरूका कारण पनि राउटे समुदायको संस्कृति, परम्परा र मान्यतामाथि खेलबाड भइरहेको बताउनुभयो ।

गुराँस गाउँपालिकाका उपाध्यक्ष दीपा बिसीले कर्णाली प्रदेश सरकारले राउटेको अभिभावकत्व लिनुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकाले अस्थायी नागरिकको परिचयपत्र दिएको बताउँदै अव राउटे समुदायलाई प्रक्रिया पु¥याएर नागरिकता वितरण गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो । जंगलमा फिरन्ते जीवन बिताउने यो समुदाय अहिले सुर्खेतको गुर्भाकोट नगरपालिकामा बसोबास गरिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu