टुटल र पठाओ सेवा आज रातीबाट सञ्चालनमा आउने
काठमाडौं । कोरोना महामारीको र निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु आज रातीबाट सञ्चालनमा आउने भएको छ ।
उपत्यकामा निजी सवारीलाई जोर(बिजोर प्रणाली लगाएर निषेधाज्ञा खुकुलो गरेसँगै टुटल र पठाओलगायत राइड सेयरिङ कम्पनी सञ्चालन हुने भएका हुन् ।
टुटलका सीईओ शिक्षित भट्टले सरकारको नियम अनुसार आज रातिबाट टुटल सञ्चालन गर्ने बताउनुभयो । उहाँले भन्न्ुभया, ‘सरकारले बाइकलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिएको छ ।
सरकारको जोरबिजो प्रणाली अनुसार नै टुटलले सेवा दिने छ ।’पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले आज रातिदेखि पठाओ संचालन हुने बताउनुभयो ।