Connect with us
Kapilvast Forest

सुनील थापा समूहका ५५ जना बने काँग्रेस महासमिति सदस्य

२०७८, ८ असार मंगलवारमा प्रकाशित

 

काठमाडौं- नेपाली काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट काँग्रेस प्रवेश गरेका सुनीलबहादुर थापा समूहका ५५ जनालाई काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको लागि महासमिति सदस्यमा समायोजन गरेको छ । मङ्गलबार काँग्रेस केन्द्रीय कार्यालयले एक पत्रमार्फत काँग्रेसका सह–महामन्त्री थापालाई पार्टी समायोजनको निर्णय जानकारी सम्बन्धमा पत्र लेख्दै सो जानकारी गराएको हो ।

काँग्रेस केन्द्रीय कार्यालयले सह–महामन्त्री थापासहित राप्रपाबाट काँग्रेस प्रवेश गर्नुभएको केन्द्र र जिल्ला तहका नेताहरुलाई महासमिति सदस्यमा नियुक्ति गर्ने निर्णय पहिले नै गरिए पनि पार्टी केन्द्रीय कार्यालयले मङ्गलबार पत्र लेखेको थापाले बताउनुभयो । थापा समूहबाट समायोजनका लागि सहमति भएबमोजिम काँग्रेसले यो निर्णय गरेको थियो उहाँले बताउनुभयो ।

काँग्रेसको १४ औ केन्द्रीय महाधिवेशनको सन्दर्भमा पार्टीमा छलफल गर्दै काँग्रेसलाई थप मजबुत बनाउँदै अघि बढ्ने तयारी रहेको थापाले बताउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu