Connect with us
Kapilvast Forest

आजदेखि खाद्यान्नमा छुट नपाइने

२०७८, ८ असार मंगलवारमा प्रकाशित

khadyabastu.jpg

 

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले आजदेखि खाद्यान्नमा छुट नदिने भएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै खाद्यमा छुट नदिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अब निषेधाज्ञा खुकुलो भइसकेको छ । खाद्यान्नमा दिएको छुट आजबाट रोक्ने निर्णय भम्एको छ ।

यो आर्थिक वर्षको बजेटमा सरकारी स्वामित्वका दुई कम्पनी साल्ट ट्रेडिङ र खाद्य कम्पनीबाट विक्री हुने खाद्यान्नमा निषेधाज्ञा अवधिभर २० प्रतिशत छुट दिने उल्लेख थियो । उल्लेख भएसँगै जेठ २० गतेदेखि कम्पनीबाट विक्री हुने चामल, पिठो, दाल, नुन, तेल, चिनी तथा खाना पकाउने ग्यासको विक्री मूल्यमा २० प्रतिशत छुट दिँदै आएकोमा आजदेखि छुट नुहने साल्ट ट्रेडिङद्वारा जारी सुचनामा उल्लेख छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu