११ देशमा सातामा २७ उडान
काठमाडौं-सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ १० देशका विभिन्न गन्तव्यमा साप्ताहिकरुपमा हुने उडान तालिका सार्वजनिक गरेको छ।सार्वजनिक तालिका अनुसार कतारको दोहा, युएईको दुबई र मलेसियामा साताको ४(४ तथा टर्की, साउदी अरेबिया, कुवेत, चीन र भारतमा २-२ उडान तथा ओमान, दक्षिण कोरिया, जापानमा १(१ उडान हुने भएको छ।
सार्वजनिक तालिका अनुसार कतारको दोहामा नेपाली वायुसेवाले सातामा २ उडान र कतारको वायुसेवाको २ गरी सातामा ४ उडान।दुबईमा नेपाली वायुसेवाको २ र विदेशी वायुसेवाको २ गरी ४ उडान।मलेसियामा नेपाली वायुसेवाले २ र विदेशी वायुसेवाले २ गरी सातामा ४ वटा उडान।
काठमाडौं–टर्कीमा टर्कीको वायुसेवाले सातामा २ उडान।साउदी अरबको दमाममा नेपाली वायुसेवाले २ उडान।
कुबेतमा कुबेती वायुसेवाले २ उडान।काठमाडौं(छेन्दु, काठमाडौं(ग्वाङजाओ रूटमा नेपाली वायुसेवाले १(१ र चीनको वायुसेवाले १(१ गरी सातामा २-२ उडान।
काठमाडौं(मस्कटमा ओमानको वायुसेवाबाट सातामा एउटा उडान हुनेछ।दक्षिण कोरियामा सातामा विदेशी वायुसेवाले १ उडान।जापानको टोकियोमा नेपाली वायुसेवाले सातामा १ उडान।