Connect with us
Kapilvast Forest

टेलिकमको सेवा अवरुद्ध हुदाँ करोड बढी नोक्सान

२०७८, ९ असार बुधबारमा प्रकाशित

काठमाडौं-नेपाल टेलिकमको मोवाइल सेवा बुधबार विहान देशैभर अडाइ घण्टा ठप्प भयो । टेलिकमले भने घण्टौ सेवा अवरुद्द हुदाँ समेत तत्काल मर्मत गर्न सकेन । यसले सरकारलाई करोड बढी नोक्सान भएको छ ।

दुई करोड ५० लाख ग्राहक रहेको टेलिकमले दुई घण्टा ३० मिनेट सेवा बन्द हुदाँ नोक्सानी खेप्नु परेको छ भने निजी टेलिकम कम्पनीहरुले फाइदा उठाएका छन् । नेपाल टेलिकमका प्रवक्ता रञ्जित लोहियाले मोवाइलको कोरसिष्टम एउटा युनिटमा समस्या आएकाले सेवा अवरुद्ध भएको बताउनुभयो । यो समय अवधिभर केहीमा लाग्ने केहीमा नलाग्ने भएको थियो, कहिले काँही यस्तो समस्या हुने गरेको उहाँको भनाई छ । प्राविधिक समस्याले गर्दा टेलिकमले नोक्सानी बेहोर्नु परेको उहाँले बताउनुभयो ।

विहान ६ः०० वजे देखिनै नेपाल टेलिकमको मोवाइल सेवामा समस्या शुरु भएको थियो । वागमती प्रदेश प्रादेशिक निर्देशनालय काठमाडौँ का निर्देशक राधा कृष्ण ढुङगेलले भने आफुलाई विहान सेवा अवरुद्ध भएको जानकारी नभएको तर मिडियाबाट मात्र जानकारी पाएको बताउनुभयो । अडाइ घण्टासम्म सेवा अवरुद्ध हुनुले टेलिकमको प्राविधिक पक्ष माथिनै प्रश्न उठेको भन्दै सेवाग्राहीहरुको गुनासो पोखेका छन् ।

काठमाडौं उपत्काकै अधिकांस क्षेत्रमा टेलिकमको नेटवर्क नआउने समस्या, टावर भए पनि नेटवर्क नदिने समस्या रहेको भन्दै यस्ता समस्याहरु सुधार गरेर लानु पर्ने सुझाव काठमाडौंका सेवाग्राही चाँद शाहको आरोप छ । उहाँले आफु रहेको लैनचौर क्षेत्रमै टेलिकमको नेटवर्क नआएको भन्दै सुधार गर्न समेत सुझाव दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu