Connect with us
Kapilvast Forest

चट्याङ लागेर एक जनाको ज्यान गयाे, चार जना घाइते

२०७८, ९ असार बुधबारमा प्रकाशित

माेरङ – मोरङको रङ्गेलीमा चट्याङ लागेर एक जनाको ज्यान गएकाे छ । चट्याङ लागेर रङ्गेली नगरपालिका ६ चोप्राहा नेवा टोलका २३ वर्षीय नितेश रायको ज्यान गएकाे हाे । गम्भीर अवस्थामा रहेका रायको रङ्गेली अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जनाएको छ ।

यस्तै घर नजिकै रहेको पिठारीको रुखमुनि बसिरहेको अवस्थामा दिउँसो चट्याङ लागेर अन्य चार जना घाइते भएका छन । घाइते हुनेहरूमा २६ वर्षीय रविन मण्डल, ५५ वर्षीय अशोक मण्डल, १७ वर्षीय विजय मण्डल र २५ वर्षीया सङ्गीता यादव रहेका छन् ।

घाइतेहरूकाे रङ्गेली अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनमोल खड्काले बताउनुभयाे ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu