Connect with us
Kapilvast Forest

कपिलवस्तुमा श्रीमतीको योजनामा अर्को हत्याको घटना ,३ जना पक्राउ

२०७८, ९ असार बुधबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुमा श्रीमतीको योजनामा अर्को हत्या भएको खुलेको छ । कपिलवस्तु नगरपालिका ८ का विजयबहादुर कुर्मीको हत्यामा संलग्न तीन जनालाई २ दिन भित्रै कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककी श्रीमती समेत छन् ।

१८ बर्षीय कुर्मीको शव गत असार ७ गते कपिलवस्तु- ८ पूर्व डिह बेलौहवास्थित पोखरीमा फेला परेको थियो । शव फेला परेपछि अनुसन्धान गर्दै जादा प्रहरीले स्थानीय ३२ बर्षीय रमेश कहार, भाई अनिल कहार र उनकी श्रीमती बास्मती कहारलाई पक्राउ गरेको हो ।

घटना विवरण अनुसार असार ३ गते छिमेकीको विवाहमा गएका अनिल कहार ४ गते विहान घर फर्किदा कुर्मीलाई कोठामा देखेपछि उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।

आफु नभएको समयमा कुर्मीलाई कोठामा भेटेपछि आक्रोशित अनिलले भाई रमेश र श्रीमती बास्मती कहारको मिलेमतोमा कुटपिट गरी हत्या गरेपछि पोखरीमा फालिदिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीका अनुसार कुर्मीको बास्मतीसँग अनैतिक सम्बन्ध रहेको थाहा पाएपछि १ महिना पहिले पनि अनिलले कुटपिट गरेका थिए ।

त्यसपछि पनि आफु नभएको मौका पारी कोठामा आएका कुर्मीलाई कुटपिट गर्नुको साथै उनैले लगाएको धागोको मालाले घांटी कंसेर हत्या गरी पोखरीमा फालिदिएको प्रहरी नायब उपरिक्षक भण्डारीले बताउनु भयो ।अहिले पक्राउ परेका तीनैजनालाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान शुरु गरेको भण्डारीले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu