Connect with us
Kapilvast Forest

विकासको प्रत्यक्ष अनुभुती दिलाउछु: मन्त्री पान्डे

२०७८, ९ असार बुधबारमा प्रकाशित

कपिलवस्तुु-लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सन्तोष पाण्डेले विकासको प्रत्यक्ष अनुभुती दिलाउने गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । प्रदेशको विकासका लागि हरपल लागि परेको उहाँले बताउनु भयो ।

कपिलवस्तुुको कृष्णनगर नगरपालिकामा पर्ने छितौनी जोड्ने घोरही पुलको उदघाटन गर्दै मन्त्री पाण्डेले विकासको लागि प्रदेशले बजेट विनियोजन गरेको बताउनु भयो । पुलको उद्घाटन गर्दै मन्त्री पाण्डेले कपिलवस्तुको विकासको लागि लुम्बिनी प्रदेश सरकारले विशेष ध्यान दिएको बताउनुभयो ।

कृष्णनगर नगरपालिकाको अवलोकन गर्दै भौतिक पुर्वाधर मन्त्री पाण्डेले कृष्णनगर बजार क्षेत्रको सडक विग्रेकोले मर्मत गर्ने प्रतिबद्धता व्यक्त गर्नुु भयो । प्रदेश सरकारले लुम्बिनी प्रदेश भर विकासका लागि बजेट विनियोजन गरेको उहाले बताउनुभयो । कृष्णनगर क्षेत्रको विकासका लागि यस बर्ष दुुई करोड रकम विनियोजित गरेको बताउनुभयो ।

२०७६ मंसीर २८ गते कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले छितौनी जोड्ने घोरही पुलको शिलान्यास गर्नुु भएको थियो । पुल बनेपछी एक दर्जन गाँउका बसिन्दा आवत गर्न पाउने कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बताउनुु भयो । पुल निर्माण भएपछी त्यस क्षेत्रका नागरिक खुसी भएका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu