Connect with us
Kapilvast Forest

युरोकप फुटबल : अन्तिम १६ मा कस्को भिडन्त कोसँग ?

२०७८, १० असार बिहीबारमा प्रकाशित

काठमाडौँ– १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणका खेलहरु सकिएका छन् । बुधबार राति भएको चार खेलसँगै युरोकपको नकआाउट चरणमा पुग्ने टोलीको टुंगो लागेको हो ।

नकआउट चरणमा १६ टिमले स्थान बनाएका छन् । ६ समूहको शीर्ष दुई र समूहको तेस्रो स्थानमा प्राप्त गर्ने मध्येको उत्कृष्ट चार टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन् ।

यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बनाएका छन् ।

नकआउट चरणका खेलहरु शनिबारबाट सुरु हुनेछन् । अबको भिडन्त थप रोमान्चक हुनेछ । अब कस्को भिडन्त कोसँग हुनेछ-

अन्तिम १६ का प्रतिद्वन्दी

वेल्स विरुद्ध डेनमार्क

इटाली विरुद्ध अष्ट्रिया

नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक

बेल्जियम विरुद्ध पोर्चुगल

क्रोएसिया विरुद्ध स्पेन

फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड

इंग्ल्यान्ड विरुद्ध जर्मनी

स्विडेन विरुद्ध युक्रेन

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu