विपक्षी गठबन्धनका विद्यार्थीहरुले आज सरकारविरुद्ध प्रदर्शन गर्ने
काठमाडौँ – विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनहरुले आज सरकारविरुद्ध प्रदर्शन गर्ने तयारी गरेका छन् । दिउँसो ३ बजे काठमाडौँको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्न लागेका हुन् ।
नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले प्रदर्शन गर्न लागेका हुन् ।
सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले विरोध प्रदर्शनमा उत्रिन लागेको विद्यार्थी संगठनका नेताहरुको भनाइ छ ।
सरकारले अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी हर्कत जारी राखेकाले भौतिक दुरी कायम गरी विरोध प्रदर्शन गर्न लागेका हुन् ।