Connect with us
Kapilvast Forest

एकैपटक १० वटा बच्चा जन्मिएको घटना झुटो

२०७८, १० असार बिहीबारमा प्रकाशित

एजेन्सी – केहि दिन अघि दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएको विषयले सबैको ध्यान खिच्यो।

एकै पटक १० वटा बच्चा जन्मिएको कुरा आश्चर्यको विषय पनि बन्यो। तर, अनुसन्धानले उक्त विषय झुटो साबित भएको खुलासा भएको छ। जुन पहिलो साता दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका थिए। जुन समाचार नेपालमा पनि भाइरल बनेको थियो।

नेपाली सञ्चारमाध्यमले पनि यो विषयलाई समाचार बनाएको थियो। गाउटेङ प्रान्तको सामाजिक विकास विभागले पनि ती महिलाले १० सन्तान पाएको पुष्टी गरेको थियो। पछिल्लो समय अनुसन्धानबाट ती महिला केही समयअघि गर्भवती पनि नरहेको बिबिसीले जनाएको छ।

१० वटा बच्चा जन्मिएको घटनालाई दक्षिण अफ्रिकाका अधिकारीहरूले यो घटनामा अनुसन्धान गरेका थिए। अनुसन्धान गर्दा गाउटेङ प्रान्तका कुनै पनि अस्पतालमा एउटै महिलाले १० बच्चा जन्माएको रेकर्ड नभेटिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu