Connect with us
Kapilvast Forest

अवैध सुनसहित दुई युवक पक्राउ

२०७८, १० असार बिहीबारमा प्रकाशित

pakrau fiture

काठमाडौं-सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको टोलीले २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल र मोहम्मद साउद्दीन खानलाई पक्राउ गरेको हो ।

गस्तीमा खटिएको प्रहरीलाई देखेर झोला र मोटरसाइकल छाडेर भागेपछि पछ्याउँदै दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक श्यामबाबु यादवले जानकारी दिनु भयो ।

पक्राउ परेको सुनसहित दुवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu