सन्तोषी सुब्बा हत्या प्रकरणः अभियुक्त असनबाट पक्राउ
२०७८, १० असार बिहीबारमा प्रकाशित
काठमाडौं-दक्षिणकालीमा मंगलबार मृत अबस्थामा भेटिएकी सन्तोषी सुब्बाको हत्या आरोपी पक्राउ परेका छन् । सुब्बाको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा घर भएका सुरेश तिमिल्सिना पक्राउ परेका हुन् ।
उनलाई महानगरीय अपराध महाशाखाको टोली असन कमलाछीबाट गरेको हो । प्रहरीका अनुसार सुरेशले सन्तोषीलाई गत आइतबार मात्रै भेटेको पाइएको छ । सुरेश दक्षिणकालीको वर्कशपमा काम गर्ने गरेको र सन्तोषी दक्षिणकालीतर्फ गएको अवस्थामा सुरेशले सन्तोषीलाई भेटेको पाइएको छ ।
सन्तोषीलाई भेटेपछि सुरेश र सन्तोषी दक्षिणकाली मन्दिरतर्फ गएको र दिनभरी उनीहरु सँगै बसेको पाइएको छ । त्यसपछि सुरेशले सन्तोषीको हत्या गरी त्यहाँबाट ट्याक्सी चढेर बल्खुतर्फ आएका थिए ।