Connect with us
Kapilvast Forest

पोखरा महानगरले हेलम्बु र मेलम्चीलाई १०/१० लाख सहयोग गर्ने

२०७८, १० असार बिहीबारमा प्रकाशित

पोखरा- पोखरा महानगरपालिकाले बाढी र पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका दुई स्थानीय तहलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने बताएकी हुन् ।

उपप्रमुख गुरुङले बाढी पहिरोबाट ठूलो क्षति भोगेको सिन्धुपाल्चोकका दुवै स्थानीय तहलाई १०र१० लाख रुपैयाँका दरले सहयोग गर्ने बताउनु भयो । ‘यो कार्यले कठिन परिस्थितिमा पालिकाहरुबीच सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने विश्वास लिएको छु,’ उहाँले भन्नु भयो ।

 

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८र७९ का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ । बजेटमा कोरोना नियन्त्रण तथा क्रमागत योजनालाई महत्व दिइएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu