Connect with us
Kapilvast Forest

संरक्षणको पर्खाइमा बाजुराको छेडेदह ताल

२०७८, १० असार बिहीबारमा प्रकाशित

 

बाजुरा- बाजुराको खप्तड छेडेदह गाउँपालिकामा पर्यटकीय स्थलको रुपमा रहेको छेडेदह ताल अहिले संरक्षणको पर्खाइमा छ । बाजुरामा परेको लगातार वर्षाका कारण एक तर्फबाट पहिरोको बग्न सुरु भएपछि ताल जोखिममा छ । खप्तड छेडेदह गाउँपालिका ४ र ७ को बीचमा रहेको सो ताल अहिले ४ को खाती गाउँको पट्नापानीमा गएको पहिरोले ताल खोलिने होकी भन्ने सम्भावना देखिएको छ ।

साविकको वडा नं –९ खाती गाउँ र आटीचौर गाविसको वडा नं. १ लम्गाउँका स्थानीयबीच सिमाना सम्बन्धी केही विवाद आएपछि तालको संरक्षण हुन सकेको छैन् । एउटै गाउँपालिकाको २ वडाका रहेको सिमानामा रहेको सो ताल दुइ गाउँबीच विवादहुँदै आएको र त्यो विवादको अझैँ टुङ्गो नलागेपछि ताल संरक्षणको अभावमा रहदैँ आएको हो ।

यति बेला खाती गाउँको पानीपट्नाबाट सुरु भएको पहिरो तालको नजिक पुगेको छ । ताल संरक्षणका लागि स्थानीय सरकारले केही गर्न सकिने भएपनि अहिले त्यो पहिरोको जोखिममा पर्न थालेपछि स्थानीय सरकारबाट कुनै सम्भावना नदेखिएको खप्तड छेडेदह गाउँपालिका –४ का वडा अध्यक्ष र्हकबहादुर रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, साविकका गुदुखाती,–९ खाती गाउँ र आटिचौर –१ लम्गाउँ बीचमा रहेको छेडेदह ताल स्थानीयले आ-आफ्नो क्षेत्रमा परेको भन्दैँ अडान लिन थालेपछि संरक्षण गर्न निकै समय लागेको हो ।

जिल्लाका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आउने गरेको भएपनि अहिले सम्म त्यो ठाउँमा खासै सुधार आएको छैन् ।
अधिकांश स्थानीयको तीर्थ स्थलको रुपमा रहेको सो ताल नत घेरवार गरेको छ, नत आएको अतिथीहरुका लाथि टहरा नै बनेका छन् ।
वडा अध्यक्ष रावतका अनुसार त्यो विवाद अहिलेसम्म चलिरहेको छ जसका कारण तालको संरक्षण हुन सकेको छैन ।
ताल कस्को क्षेत्रमा रहेको भन्ने बारे सिमानाका विषयलाई लिएर

जिल्लामा मुद्दा समेत परेको छ त्यो मुद्दाको अँझै टुङ्गो लागेको छैन् अध्यक्ष रावतले भन्नुभयो ।
स्थानीय तह गठन भएपश्चात अहिले साविकको गुदूखाती गाविसको–९ मा पर्ने खातीगाउँ र आटिचौर गाविसकको वडा नं. १ लम्गाउँ दुइटै वडा छेडेदह गाउँपालिकामा पर्दछन् ।

विवादको टुङ्गो लगाउन दुइटै वडाका समाजसेवि बुद्धिजीवी तथा स्थानीयको आम भेला गर्दै उनीहरुको रोहोवरमा सिमाना विवादको टुङ्गो लगाउने वित्तिकै ताल संरक्षण तथा प्रवद्र्धन गर्ने प्रक्रियालाई अगाडी बढाइने गाउँपालिकाले जनाएको छ ।

प्राकृति स्रोतले सम्पन्न यो ताल सुदूरपश्चिमकै एक पर्यटकीय स्थलको रुपमा चिनिने गर्दछ । तालको संरक्षण गर्नु अति आवश्यक रहेको भन्दै गाउँपालिका पनि लागि परेको छ, तर दुइ गाउँको विवाद नटुङ्गेका कारण केही गर्न सकिएको छैन् ।
खप्तड छेडेदह गाउँपालिकाको अहिले ४ र ७ नम्बर वडामा पर्ने यो तालको जती महिमा आर्कषण छ त्यती महत्व र स्थान पाउन सकेको छैन् । ताल पहिरोबाट बचाउन सकेपछि विवादित् विषयमा पनि टुङ्गो लाग्छ त्यसपछि ताल वरिपरी रहेको सबै क्षेत्रलाई समेत सेक्टर विभाजन गरी संरक्षण तथा प्रवद्र्धन गर्ने कार्यलाई अगाडी बढाइने छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu