Connect with us
Kapilvast Forest

कुल ७१.१ प्रतिशतलाई दोस्रो मात्रा लगाउन बाँकी

२०७८, १० असार बिहीबारमा प्रकाशित

 

काठमाडौं,- कोरोनविरुद्धको खोप अभियानअन्तर्गत नेपालमा अहिलेसम्म पहिलो खोप लगाएकामध्ये ७१.१ प्रतिशतलाई दोस्रो डोज (खोप) लगाउन बाँकी रहेको छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार हालसम्म नेपालमा २५ लाख ८१ हजार १९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

त्यसमध्ये सात लाख ४५ हजार ७४४ जनाले मात्रै दोस्रो डोज (मात्रा) खोप लगाएका छन् । यो संख्या पहिलो डोज खोप लगाउनेको २८.९ प्रतिशत मात्रै हो । बाँकी ७१.१ प्रतिशतले अहिलेसम्म दोस्रो खोप पाएका छैनन् ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप लगाएर नेपालमा २०७७ माघ १४ देखि कोरोनाविरुद्धको खोप अभियान शुरु गरिएको थियो ।

हालसम्म १८ लाख १२ हजार ६२८ जनाले कोभिसिल्डको पहिलो डोज खोप लगाएका छन् । माघ १४ देखि फागुन १० गतेसम्म चलेको पहिलो खोप अभियान अन्तर्गत पाँच लाख सात हजार ६०६ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा चार लाख ४३ हजार १०३ जनाले मात्र खोप लगाएका खोप शाखाका प्रमुख डा.झलक गौमतले जानकारी दिनुभयो । यो लक्ष्यको ८७ प्रतिशत उपलब्धी हो ।

यसैगरी फागुन २३ देखि चैत १० गतेसम्म सञ्चालन पहिलो चरणको खोप अभियानमा १३ लाख ६९ हजार ५२२ जनाले पहिलो मात्रा लगाएका छन् । यसअन्तर्गत १५ हजार ८५६ जना नेपाली सेनाले पनि कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका छन् ।
पहिलो चरणमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका १८ लाख १२ हजार ६२८ जनामध्ये चार लाख ५१ हजार ३९४ जनाले मात्र दोस्रो डोज लगाएका छन् । बाँकी १३ लाख ६१ हजार २३४ कोभिसिल्डको दोस्रो डोजबाट वञ्चित भएका छन् । वैशाख ७ देखि १५ गतेसम्म दोस्रो डोज खोप अभियान सञ्चालन भएको थियो ।

त्यस्तै चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप नेपालमा अहिलेसम्म तीन लाख एक हजार ३१७ जनाले लगाएका छन् । चैत २५ देखि वैशाख १५ गतेसम्म चलाइएको खोप अभियान तीन लाख एक हजार ३१७ जनाले लगाएको खोप महाशाखाका प्रमुख गौतमले जानकारी दिनुभयो । त्यसमध्ये दुई लाख ९४ हजार ३५० जनाले दोस्रो डोज लगाइसकेका छन् । प्रमुख गौतमका अनुसार छ हजार ९६७ जनाले मात्रै भेरोसेल खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेको बताउनुभयो ।
पछिल्लो पटक जेठ २५ गतेदेखि असार १ गतेसम्म ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । ६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपकको पहिलो मात्रा लगाएको उहाँले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu