Connect with us
Kapilvast Forest

शिवराज नगरपालिकाले ल्यायो १ अर्ब ११ करोडको बजेट

२०७८, १० असार बिहीबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकाले आव ०७८र०७९ का लागि १ अर्ब ११ करोड बराबरको बजेट ल्याएको छ । विहीबार नवौं नगरसभामा शिवराजले नीति तथा कार्यक्रमसंगै बजेट सार्वजनिक गरेको हो ।

नवौं नगरसभाले आगामी आर्थिक वर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास तथा सेवा प्रवाह शिर्षकमा बजेट विनियोजन गरेको हो। बजेटमा जिल्लाभित्रका कोभिड संक्रमित बिरामीको उपचार, स्वास्थ्य संस्थाको स्तरोन्नतीलाइ पहिलो प्राथमिकतामा राखिएको छ।

जिल्लामा कृषिको उत्पादन, पशुपालन र रोजगारीलाई प्रत्यक्ष अवसर जुटाइनेतर्फ पनि विशेष प्राथमिकता दिएको छ।
चालु तथा क्रमागत योजनालाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने जस्ता योजना अगाडि सारेको छ ।

 

उप प्रमुख शिवकुमारी थारुले नगर सभामा प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा तर्फ २० करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै कृषिको क्षेत्रमा १ करोड १० लाख, पशु तर्फ ५० लाख, शिक्षा तर्फ ३ करोड ९ लाख, स्वास्थ्य तर्फ ३ करोड ७ लाख बराबरको बजेट विनियोजन गरिएको छ ।

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu