गौतम बुद्ध साझेदारीले १ लाख बढी बिरुवा निशुल्क वितरण गर्दै
गौतम बुद्ध साझेदारीद्वारा निशुल्क बिरुवा वितरण गर्दै ।
कपिलवस्तुको पश्चिम क्षेत्रमा बाताबरण हरियाली बनाउन गौतम बुद्ध बन व्यवस्थापन समिति उज्जवलपुरले निशुल्क बिरुवा वितरण गरेको छ ।
साझेदारी बनले टिक (सहगवन) ८० हजार, मिश्रित विरुवा २० हजार र ७६०० फलफुलको बिरुवा निशुल्क वितरण कार्य आउने आइतबार देखि सुरु गरिने गौतम बुद्ध साझेदारी बन ब्यवस्थापन समितिका अध्यक्ष जानकी प्रसाद यादवले जानकारी दिनु भयो ।
बिरुवा प्राप्त गर्नका लागि आवश्यक काजजात निवेदन, नागरिकताको फोटोकापी, १०० भन्दा बढी लिन चाहेमा रु.२(दुई ) प्रति बिरुवा तिर्नुपर्नेछ ।