Connect with us
Kapilvast Forest

महाराजगन्जको नीति तथा कार्यक्रम प्रस्तुत

२०७८, १० असार बिहीबारमा प्रकाशित

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको नवौं नगर सभाले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  महाराजगन्जको नगर सभा डिजिटल प्रविधी मार्फत उदघाटन गरिएको हो । आगामी आर्थिक वर्षमा नगर विकासको लागि कस्तो किसिमको कार्यक्रम ल्याउने प्रस्ताव सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।

कोभिड १९ संक्रमणबाट मुक्त, किचड मुक्त, छ्पपर मुक्त नगर, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, धार्मिक, साँस्कृतिको विकास संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकतामा राखेको कलामले बताउनुभयो ।
उहाँले केही गत वर्षकै कार्यक्रमलाई निरन्तरता दिइको बताउनुभयो ।
नवौँ नगर सभाबाट नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो ।

यस्तै आर्थिक विकास, सामाजिक विकास, स्वच्छ खानेपानी, पूर्वाधार विकास, खेलकूद, वन वातावरण तथा विपद् व्यवस्थापन, स्वास्थ्य विकास, सेवा प्रवाह र शुसासनलाई निरन्तरता दिँदै अगाडी बढेको महाराजगन्जका प्रमुख प्रशासकिय अधिकृत बेद प्रसाद खरेलले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu