Connect with us
Kapilvast Forest

नदीमा हाम फालेकी भारतीय महिलाको उद्धार

२०७८, ११ असार शुक्रबारमा प्रकाशित

बर्दिया – बर्दियाको सदरमुकाम गुलरिया नजिक भादा नदीमा हाम फलेर आत्महत्या प्रयास गर्न खोज्ने एक जना भारतीय महिलालाई प्रहरीले उद्धार गरेको छ ।

गुलरिया नगरपालिका ८ मा पर्ने भादा नदीमा हाम फालेर आत्महत्या प्रयास गर्ने भारतको बहराईच जिल्ला थाना मोतिपुर गाउँ बलैगाउँकी ४० वर्षीया जलदैया थारुलाई प्रहरीले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

शुक्रवार झन्डै ५ बजेतिर महिलाले भादा नदीमा हाम फालेको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक मणिराज भट्टको कमान्डमा गएको प्रहरी टोलीले उद्धार गरेको हो ।

बर्दिया अस्पताल गुलरियामा उपचारपछि सोधपुछ गर्दा नाम र ठेगाना खुलेपछि ती महिलालाई भारतको बहराईच जिल्ला थाना मोतिपुर ग्राम पञ्चायतका गाउँ प्रधानसँग समन्वय गरी श्रीमान् मिश्रिराम थारुको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu