Connect with us
Kapilvast Forest

गाडी चलाउन नदिने ,बैंक र बिमाको किस्ता कसरी तिर्नु :यातायात व्यवसायी

२०७८, १२ असार शनिबारमा प्रकाशित

काठमाडौं- काठमाडौं उपत्यकासहित देशमा विभिन्न सहरमा जारी निषेधाज्ञा केही हदसम्म खुकुलो बनाएको सरकारले निजी सवारीसाधन जोर-बिजोर गरी सञ्चालन गर्न दिएको छ।

तर‚ निजी सवारीसाधन सञ्चालन अनुमति दिने सरकार यस निर्णयप्रति सार्वजनिकि यातायात व्यवसायीहरु भने असन्तुष्ट छन्। सार्वजनिक यातायात राष्ट्रिय महासंघले ‍निजी सवारीसाधन मात्र चलाउन दिएर सरकारले भेदभाव गरेको बताएको छ।

काठमाडौंमा पछिल्लोपटक थपिएको निषेधा१ा असार १४ गते सकिँदैछ। त्यसपछि पुनः थप हुन्छ वा हुँदैन भन्ने निर्णय भएको छैन। तर‚ महास‌ंघले भने त्यस दिनदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चलाउन पाउनुपर्ने माग गरेको छ। महासंघका महासचिव सरोज सिटौलाले करिब दुई महिना जारी निषेधाज्ञाले अर्बौं रुपैयाँ घाटा भएको बताउनु भयो ।

उहाँले भन्नु भयो , ‘सरकारले निजी सवारीसाधन भने चल्न दियो तर हामीलाई भने विभेद गरियो। किन हामीलाई पेलिएको हो थाहा भएन।’ सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएमा पूर्ण स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने उहाँले दाबी समेत गर्नु भयो ।

देशभर सार्वजनिक यातायातसँग जोडिएका ११ लाख श्रमिक भएका र उनीहरूको रोजीरोटी गुमेकाप्रति सिटौलाले चिन्ता व्यक्त गरे। उनका अनुसार उपत्यकामा करिब चार लाख सवारीसाधन छन्। जसमा यात्रु चढ्ने सवारीसाधन मात्रै साढे तीन लाख रहेका छन्।

सिटौलाले पसल सञ्चालन गर्न अनुमति दिने सरकारले सवारीसाधन किन सञ्चालन गर्ने नदिएको भन्दै आक्रोस पोखे। ‘पसलहरू सबै खोल्न दिइयो, तर हामीले किन सरकारले हेरेन,उहाँले भन्नु भयो ११ करोड रुपैयाँ यातायातमा लगानी छ, बैंक र बिमा अफिसले फोन गरेर दबाब दिइएको छ, तिर्ने पैसा छैन, साधन चलेका छैनन्, कसरी तिर्ने

निषेधाज्ञा अवधिभर सबै सवारीका ब्लुबुक, लाइसेन्स नवीकरणमा पूर्ण छुट दिनुपर्ने पनि उहाँको माग छ। गत बिहीबार यातायात मजदुरलाई कोभिड–१९ विरुद्ध खोप व्यवस्था गर्दै सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाउनुपर्ने भनी महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेट गरी माग गर्नु थियो ।​

निषेधाज्ञा हट्नेरनहट्ने छैन टुंगो

उपत्यकाका तीनै जिल्लाका सिडिओहरूले सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिनेबारे अहिले केही टुंगो लगाउन सकेका छैनन्। काठमाडौंका सिडिओ कालीप्रसाद पराजुली भन्नुहुन्छ , ‘सार्वजनिक यातायात चल्न दिने वा नदिने अहिलेसम्म टुंगो छैन।’

ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाले पनि यसबारे अहिलेसम्म केही छलफल नभएको बताउनु भयो । ‘सार्वजनिक यातायातको विषयमा केही छलफल भएको छैन, अब के गर्ने भन्नेबारे तीन वटै जिल्लाका प्रमुखसँग बैठक बसेर मात्र निर्णय हुन्छ होला,’ उहाँले भन्नु भयो । उहाँका अनुसार बैठक शनिबार वा आइतबार बस्नेछ। बैठकले निषेधाज्ञाबारे पनि निर्णय गर्नेछ। कोरोना रोकथाम तथा नियन्त्रण गर्ने भन्दै उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu