Connect with us
Kapilvast Forest

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

२०७८, १२ असार शनिबारमा प्रकाशित

काठमाडौं -आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यस वर्षको दिवसको ‘लागुऔषधरहित परिवार : स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आगामी तीन दिनका लागि बिभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम तय गरिएका छन् ।

हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को १ सय १२ खण्डमा उल्लेख गरिएको छ ।

विश्व लागुऔषध प्रतिवेदन २०२१ ले लागुऔषध प्रयोगकर्ताको संख्या बर्सेनि बढ्दै गइरहेको देखाएको छ ।नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत रहेको आँकलन गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu