Connect with us
Kapilvast Forest

सर्लाहीको ईश्वरपुरमा वडाध्यक्षको हत्या, दुई जना पक्राउ

२०७८, १२ असार शनिबारमा प्रकाशित

 

सर्लाही-सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको हत्या भएको छ ।
वडाध्यक्ष श्रेष्ठको शुक्रबार राती जेसिबी चालकसँग विवाद भएर जेसिबीले ठक्कर दिई हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो ।

राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएर बस्नु भएको थियो । शुक्रबार राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबीका चालक तामाङसँग वडाअध्यक्ष श्रेष्ठको विवाद भयो ।
विवाद गर्दा गर्दै पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबीको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । उहाँले घटनाबारे पूर्व योजना नभई आवेशमा आएर घटना गराएको देखिएको बताउनुभयो ।

घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहनु भएका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलङ्गवा पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिबार बिहान पौने ६ बजेतिर लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।

मृतक अन्जादी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको छ । वडाध्यक्षको हत्या भएको घटनापछि घटनाको प्रारम्भिक अनुसन्धान तथा फरार रहेका चालकको खोजीका लागि जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय केशरगन्ज, ईलाका प्रहरी कार्यालय भक्तिपुर र ईलाका प्रहरी कार्यालय लालबन्दी लगायत प्रहरी युनिटबाट रातभरी नै प्रहरीहरु परिचालन गरिएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu