Connect with us
Kapilvast Forest

सुनसरीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु, दुई घाइते

२०७८, १३ असार आईतवारमा प्रकाशित

विराटनगर – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी कटान क्षेत्रमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। घटनामा परी दुई जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका ८ मा हायसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र भ्याजिक भ्यानलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नरेन्द्र कार्कीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय उदय साह ,पछाडि सवार बिराटनगर ९ का राम प्रसाद शाह साह र म्याजिक चालक विराटनगरका अक्षयकुमार गुप्ता रहेको छन्। तीनै जनाको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो।

पुर्वबाट पश्चिमतर्फ गइरहेको बा ३ ख ७२४४ नम्बरको हाइसले ओभरटेक गर्नेक्रममा पश्चिमबाट पुर्वतर्फ आइरहेको स १ छ ४६६१ नम्बरको मोटरसाइकल र बा ३ ख ९३६८ नम्बरको म्याजिकलाई ठक्कर दिएको थियो। हायसले शुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल उछिट्टीएर सडकबाट तल झरेको थियो।

त्यसपछि हायसले पुनः पश्चिमबाट पुर्वतर्फ आइरहेको म्याजिक भेनलाई पनि ठक्कर दिएको डिएसपी कार्योर्कीले बताउनुभयो ।

दुर्घटनामा हायस चालक नुवाकोट विदुर नगरपालिकाका ३५ वर्षीय विकास तामाङ सामान्य घाइते छन् भने सहचालक नारायण बस्यालको खुट्टा भाच्चिएको प्रहरीले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu