प्रतिनिधिसभा विघटनविरुद्धको आज रिट निवेदक पक्षको बसह सकिने
काठमाडौँ – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको आज रिट निवेदक पक्षको बसह सकिदै छ ।
विपक्षी पाँच दलको गठबन्धनमा आवद्ध सांसदहरुको हस्ताक्षरसहित दायर रिटमा आज उनीहरु पक्षधर कानून व्यवसायीको बहस सकिने भएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदकका लागि छुट्टाइएको १२ घण्टाको समयमा शुक्रबारको बहस सकिँदासम्म २ घण्टा ३५ मिनेट बाँकी रहेको छ ।
संवैधानिक इजलासमा यही असार ९ गतेदेखि रिट निवेदक पक्षको बहस शुरू भएको बहसमा शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए ।
बाँकी रहेको समयमा रिट निवेदकको पक्षले बहस सकेपछि सरकारी पक्षको बहस शुरू हुनेछ । सरकारी पक्षका लागि १५ घण्टाको समय दिइएको छ । यो बसहपछि विपक्षी गठबन्धनको पक्षधरले उठाएका सवालको जवाफ दिन थप ३ घण्टाको समय दिइनेछ ।