Connect with us
Kapilvast Forest

इण्डो नेपालले प्रशंसा पत्र प्रदान गर्दै प्रहरी उपरीक्षक अधिकारीलई विदाई गर्यो

२०७८, १४ असार सोमबारमा प्रकाशित

कपिलवस्तु-असहाय र विपतमा परेको मानिसलाई सहयोग   गर्दै आएको कृष्णनगरको इण्डो नेपाल सामाजिक मञ्चले कपिलवस्तु जिल्लाका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई  प्रशंसा पत्र प्रदान गरेको हो । शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण र नागरिकहरुसंग प्रहरीको सहज पहुंच एवं अपराध विरुद्ध शुन्य सहनशीलतामा उत्कृष्ट काम गरेको भन्दै प्रसंसा पत्र हस्तान्त्रण गर्दै विदाइ गरेको हो ।

 

अध्यक्ष अकरम अब्दुल रहमान खा को अध्यक्षतामा भएको विदाई कार्यक्रममा मन्तव्य राख्नुहुँदै अध्यक्ष खाँ ले उपरीक्षक श्रेष्ठले छोटो अवधिमा यस क्षेत्रमा अपराध न्यूनिकरणमा पुर्याएको सहयोगकालागि धन्यवाद दिनुभएको थियो । , लागू पदार्थ ओसारपसारमा कमी, अपराधीहरुको पक्राउ गर्ने, लगायत कार्यको प्रशंसा गर्दै अधिकारीको आगामी दिनको सफलताको कामना गर्नु भएको थियो ।

प्रहरी उपरीक्षक अधिकारीले छोटो समयमा आफुले सक्दो गर्ने प्रयास गरेको बताउनुभयो । आफुले गरेका हरेक कृयाकलापहरुमा आफुलाई सबैको साथ प्राप्त भएको बताउनुभयो । आफुनो जिम्मेवारी निभाउने क्रममा पाएको सहयोगकालागि पनि उहाँले सबैलाई धन्यवाद दिनुभयो ।

सम्मान कार्यक्रममा संस्था का सदस्य बृजेश गुप्ता,नदीम खान,बजरंगी शाहू, सलमान खान,निखिल पाठक र यो संस्था का मीडिया प्रवक्ता राहुल मोदनवाल लगायतको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu