‘हाम्रो टिम नेपाल’ले खाना पकाउने ठाउँ प्रहरीले खाली गरायो
काठमाडौँ । प्रहरीले ‘हाम्रो टिम नेपाल’ले निःशुल्क खुवाउने खाना पकाउने ठाउँ खाली गराएको छ । सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा प्रहरीले खाली गरेको हो ।
काठमाडौँ महानगर प्रहरी तथा नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा खाली गराएको हो । जग्गा खाली गर्ने क्रममा प्रहरीले हाम्रो टिमका केही व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएको छ । हाम्रो टिमले सो स्थानमा खाना पकाएर निषेधाज्ञाको समयमा खान नपाएकाहरूलाई निःशुल्क खाना खुवाइरहेको थियो ।