Connect with us
Kapilvast Forest

राष्ट्रपति र प्रधानमन्त्रीको पदिय गरिमा कायम भएन :सभापति देउवा

२०७८, १५ असार मंगलवारमा प्रकाशित

Sher-Bahadur-Deuba-Nepali-Congress.jpg

 

काठमाडौं -नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान अनुसार प्रधानमन्त्रीको दावी पेस गर्दा पनि राष्ट्रपतिले नियुक्ति नदिएको बताउनु भएको छ ।

सोमबार विपक्षी गठबन्धनका नेताहरुले विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिहरुसँग गरेको अन्तरकृया कार्यक्रममा बोल्दै सभापति देउवाले राष्ट्रपतिले संविधान मिचेर उल्टै संसद विघट गरेको बताउनु भयो ।

संविधानको ७६ को उपधारा ५ अनुुसार कुनैपनि संसदको सदस्यले बहुमतका आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था अनुसार प्रस्तुत भएपनि आफूलाई प्रधानमन्त्रीमा नियुक्त नगरेको गुनासो गर्नुभयो ।

राष्ट्रपतिले बरु प्रधानमन्त्रीको असैवैधानिक कदमलाई साथ दिएर आफ्नो पदिय गरिमा कायम गर्न नसकेको टिप्पणी देउवाको टिप्पणी थियो ।

‘संविधान अनुसार हामीले बहुमत पुग्नेगरी प्रधानमन्त्री बन्ने आधार प्रस्तुत गर्यौँ । तर उहाँले नियुक्त गर्नुको साटो उल्टै संसद विघटन गर्नुभयो,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीसँग मिलेर राष्ट्रपति ज्यूले संविधानको प्रावधान धुजाधुजा बनाउनुभयो । यसले राष्ट्रपति र प्रधानमन्त्रीको पदिय गरिमा रहेन।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu