Connect with us
Kapilvast Forest

माओवादीद्वारा संसद बैठक अवरुद्ध

२०७८, १४ असार सोमबारमा प्रकाशित

 

विराटनगर-नेकपा माओवादी केन्द्रका सांसदहरूले प्रदेश १ को संसद अवरुद्ध पारेका छन्। सोमबारको बैठक सुरू भए लगत्तै माओवादी केन्द्रका सांसदहरूले उठेर बैठक अवरुद्ध पारेका थिए।

माओवादी केन्द्रका सांसदहरूले बैठक अवरुद्ध पारेपछि सभामुख प्रदीपकुमार भण्डारीले आफ्नो भनाइ राख्न समय दिएका थिए। सभामुखले समय दिएपछि माओवादी केन्द्रका उप नेता रामकुमार राईले मोओवादी केन्द्रका सांसद मोहनकुमार खड्काको नामै तोकेर सदनमा अमर्यादित प्रस्तुति दिने मन्त्रीले संसदबाटै माफि माग्नु पर्ने र मन्त्रीले बोलेको कुरा संसदको रेकर्डबाट हटाउनु पर्ने माग गरे।

उनले माओवादी केन्द्रले राखेका माग पूरा नभएसम्म संसद बैठक चल्न नदिने स्पष्ट पारे। उनले भने,‘संसदको रोष्टमबाट सांसदको नामै तोकेर अमर्यादित प्रस्तुती दिने मन्त्रीले रोष्टमबाटै माफी नमागेसम्म र मन्त्रीले बोलेको कुरा संसदको रेकर्डबाट नहटाएसम्म संसद बैठक चल्न दिँदैनौं।’

आइतबारको बैठकमा प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरूङले विनियोजन विधेयक छलपलका क्रममा मन्त्रालयका विषयमा उठेको प्रश्नको जवाफ दिनेक्रममा माओवादी सांसद मोहनकुमार खड्काको नाम लिएर अमर्यादित टिप्पणी गर्नु भएको थियो । माओवादी केन्द्रका सांसदहरूको अवरोधपछि सभामुख प्रदिपकुमार भण्डारीले मंगलबारसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभयो

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu