Connect with us
Kapilvast Forest

४ सचिवको पदपुर्तिका लागि ७ सहसचिवको नाम सिफारिस

२०७८, १६ असार बुधबारमा प्रकाशित

 

काठमाडौं – नेपाल सरकारका विभिन्न निकायमा रिक्त ४ सचिवको पदपुर्तिका लागि ७ जना सहसचिवको नाम सिफारिस भएको छ ।

लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिको दुई दिन बसेको बैठकले सहसचिवको नाम सिफारिस गरेको हो ।

प्रशासनतर्फ १ जना सचिव बढुवाका लागि जेष्ठताका आधारमा एक जनाको नाम मात्र सिफारिस भएको छ ।वन सेवातर्फ एकजना सचिव बढुवाका लागि ३ जना सहसचिव र इञ्जिनियरिङ सेवातर्फ १ जना सचिव बढुवाका लागि ३ जना सिफारिस भएका छन् ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले बरिष्ठताका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.दामोदर रेग्मीको नाम सचिव बढुवाका लागि सिफारिस गरेको हो ।

बैठकले कृषि तथा वन सेवातर्फ सहसचिव डा. कृष्णप्रसाद आचार्य, निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको हो । आचार्य र पाण्डे यसअघिको सचिव बढुवामा पनि सिफारिस भएका थिए ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ डा.रेग्मीलाई सचिवमा बढुवा गर्नेछ भने प्राविधिकतर्फ ६ जनामध्येबाट वरिष्ठता तथा कार्यसम्पादनका आधारमा २ जनलाई सचिवमा बढुवा गर्नेछ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu