Connect with us
Kapilvast Forest

बिजयनगरको दिपेन्द्रनगरलाई पूर्ण सरसफाई टोल घोषणा

२०७८, २० असार आईतवारमा प्रकाशित

 

कपिलवस्तु-कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा ३ मा रहेको दिपेन्द्रनगर९चौवा० टोललाई पूर्ण सरसफाई टोल घोषणा गरिएको छ । आईतवार आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोपाल थापाले घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मानिसको जिवनमा सरसफाई अतिआवश्यक रहेको बताउनुभयो ।

घरमा शौचालय,शुद्ध खानेपानी ,शारिरिक सरसफाई लगाएतमा ध्यान दिन सकेमा विभिन्न रोगवाट बच्न सक्ने बताउनुभयो । गाउँमा रहेका सबै टोलहरुलाई पूर्ण सरसफाईयुक्त टोल घोषणा गर्ने अभियान सुरु भइसकेकोले अब निरन्तर हुने बताउनुभयो । सरसफाईलाई गाउँपालिकाले विशेष प्राथमिकता दिएर बजेट बिनियोजन गरेको बताउनुभयो । थापाले दिपेन्द्रनगर९चौवा० टोलका नागरिकहरुको लागि सडक कालोपत्रे बनाउन योजना पठाएको भएपनि यस वर्ष छनोटमा नपरेको र आगामी वर्षमा सडक कालोपत्रे बनाउने उद्धघोष गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष लक्ष्मी चौधरीले गाउँलाई नमूनाको रुपमा विकास गर्न टोलवासीलाई अनुरोध गर्नुभयो । अब यस गाउँको सरसफाई व्यावस्थापन हेर्न वाहिरि जिल्ला बाट आउने गरी काम गर्न सुझाव दिदै त्यसको लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले भौतिक विकास भएपनि अब नागरिकहरुको सोच विकासमा लगानी गर्नुपर्ने बताउनुभयो । नागरिक सचेत भएमा सामाजिक सुधारमा हुने उहाँले बताउनुभयो ।

यस टोलमा रहेका ७० घरधुरीमा सत प्रतिशत शौचालय,साबुन पानीको नियमित प्रयोग लगाएत ५ वटा सुचकहरु पुरा गरि आज घोषणा गरि वास संयोजक अर्जुन बेल्बासेले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष दिनेश चौधरी,बुद्धि अर्याल लगाएतले मन्तव्य दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu